लगातार वर्षा को कारण जनजीवन प्रभावित
रामेछाप को उत्तरी भेग बाम्ती, कुबु काँस्थली, प्रीति, गुम्देल त्यस्तै सोलुखुम्बुको भकान्जे, चौलाखर्क, गोली, ओखलढुङ्गा को रावा देल,ु खिजी काती, खिजी फलाटे मा लगातार वर्षा का कारण जनजीबन प्रभावीत हुदै गईरहेको छ । विगत ३ हप्ता देखी परेको वर्षाका कारण जनजिवन प्रभावित भएको हो । २०७२ बैशाख १२,१३ र २९ गते गएको महा विनासकारी भुकम्पको कारण चीरीएको भुभाग भकान्जे को किन्जा, गुम्देल, कुबु काँस्थलीका बासीन्दा लगातार वर्षा को कारण अझ बढि प्रभावीत भएका छन् । दिनभरी काम गरेर बेलुका सुत्ने बेलामा थकाई मार्नुको साटो उल्टै भीर आएर थिच्चकी भन्ने त्रासै त्रास मा बस्नुपरेको गुनासो स्थानीय बासीन्दाले पोखेका छन् । भुकम्प पीडितलाई भनेर विदेशबाट आएको रकम को सदुपयोग र सरकारले बस्ती बसाल्ने योजना को ४ महिना वितीसक्दा पनी कुनै कार्यन्वयन नभएको भन्दै त्यस क्षेत्रका बासीन्दाले गुनासो समेत गरेका छन् । वर्षाका कारण सडक राम्रो नहुदा दैनीक उपभोग्य सामानको समेत मुल्यमा वृद्धि हुदा सर्वसाधारण मारमा परेका छन् ।

